त्रिशूली । नेपाल सरकारले देशभरका अस्पताल र प्रयोगशालाहरूमा महामारीका बेला कर्मचारीको अभाव हुन नदिने प्रबन्ध गर्न निर्देशन गरेको छ ।
स्वास्थ्य मन्त्रालयले हिजो सचिवस्तरीय निर्णय गर्दै देशभरका अस्पताल र प्रयोगशालाहरूलाई पत्राचार गरेर कोरोना रोगको पहिचान तथा नियन्त्रणको लागी जनशक्ति अभाव हुन नदिन निर्देशन दिएको हो । स्वास्थ्य मन्त्रालयले स्वीकृत दरबन्दी अनुसार कुनै पद रिक्त भए तत्कालै त्यसको समेत ब्यवस्थापन मिलाउनको लागी भनेको छ ।
यस्तै, स्वीकृत दरबन्दी अनुसार कुनै पनि पद रिक्त भएमा त्यस्तो ठाउँमा करार कर्मचारी भर्ना गरेर जनशक्तिको उपयुक्त व्यवस्था गर्न निर्देशन दिएको छ । सचिवस्तरीय निर्णयबाट देशभरका शिक्षण अस्पताल, प्रतिष्ठान, अस्पतालहरु र प्रयोगशालाहरूलाई जनशक्ति व्यवस्थापन गर्न निर्देशन गरिएको मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख डा.समीरकुमार अधिकारीले जानकारी दिनुभएको छ ।
स्वास्थ्य मन्त्रालयले स्वीकृत दरबन्दीहरूको करार नियुक्ति भएको र म्याद सकिएका कर्मचारीको लागी समेत माघ महिनादेखि थप तीन महिनासम्म करारको म्याद थप गर्ने व्यवस्था गर्न निर्देशन गरेको छ । यो व्यवस्थाले त्रिशूली अस्पतालमा कार्यरत रहेका ६६ जना करारका स्वास्थ्यकर्मीको सेवा अवधि तीन महिना थपिएको हो । यसअघि उनीहरु सेवा अवधि बढाउन माग गदैै ज्ञापनपत्र बुझाउने देखि विभिन्न क्षेत्रमा लविङ गर्दै आइरहेका थियो ।

23.67¡ÆC