निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक

पुस २८, २०७८ मा प्रकाशित
Published at 2022-01-12

57 views

काठमाडौँ । निर्वाचन आयोगले पर्सि शुक्रवार २९ गतेका लागि सर्वदलीय बैठक बोलाएको छ ।

माघ १२ गते राष्ट्रिय सभा चुनावसँगै पालिका र प्रतिनिधि सभाको चुनाव र मतदाता नामावली अद्यावधिकबारेमा छलफल गर्न शुक्रवार बिहान ११ बजेका लागि बैठक बोलाइएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

पालिका, प्रदेश तथा सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने १६ दललाई बैठकमा बोलाइएको प्रवक्ता पौडेलले बताउनुभयो । छलफलमा पालिकाको मिति घोषणाबारेमा छलफल हुने उहाँकाे भनाइ छ ।

आउँदो वैशाखमा पालिकाका जनप्रतिनिधिहरूको समय अवधि सकिने भएकाले त्यसअघि चुनाव गर्न आयाेगले दलहरूको ध्यानाकर्षण गराउँदै आएको छ । आयोगका पदाधिकारीले गएको ९ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर वैशाख १४ र वैशाख २२ गते पालिकाको चुनाव गर्न प्रस्ताव गरेका भए पनि सरकारले अहिलेसम्म कुनै निर्णय गरेको छैन । विं.सं. २०७४ सालको वैशाख र असारमा पालिकाको चुनाव भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.