११ सय ६७ जनामा कोरोना पुष्टि

पुस २५, २०७८ मा प्रकाशित | 622 views

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा एक हजार एक सय ६७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी १२ हजार ६ सय ३२ जनाको नमुना परीक्षण गर्दा नौ दशमलव २३ प्रतिशत अर्थात् एक हजार एक सय ६७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ६ सय १५ जना काठमाण्डाै उपत्यकाका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा दुई सय २४ जना कोरोना सङ्क्रमित निको भएका छन् । यही अवधिमा दुई जनाले कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाएका मन्त्रालयले जनाएको छ ।

अहिले नेपालमा ६ हजार सात सय ५५ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।

यसैबीच पछिल्लाे २४ घण्टामा ४५ हजार चार सय ९३ जनाले काेराेनाविरुद्धकाे खाेप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web