९ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि

पुस २४, २०७८ मा प्रकाशित | 412 views

काठमाडौँ । पछिल्लो २४ घण्टामा नौ सय ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १३ हजार दुई सय ६४ जनाको नमूना परीक्षण गर्दा नौ सय ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा दुई सय ९७ जना निको भएका छन् । योसहित कोरोना संक्रमणमुक्त हुनेको संख्या आठ लाख १४ हजार ६ जना पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कसैले पनि ज्यान गुमाएनन् । अहिले नेपालमा ६ हजार एक सय ४० जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।

यसैबीच पछिल्लो २४ घण्टामा दुई लाख ४३ हजार चार सय ६० जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । योसहित नेपालमा एक करोड ११ लाख ११ हजार जनाले पूर्ण मात्रा र एक करोड ५० लाख ३७ हजार जनाले कम्तीमा पहिलो मात्रा खोप लगाएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web