राष्ट्रिय सभा बैठक पुस २७ गते

पुस २३, २०७८ मा प्रकाशित
Published at 2022-01-07

542 views

काठमाडौँ । राष्ट्रिय सभाकाे बैठक यही पुस २७ बस्ने भएकाे छ । यही २५ गते आइतवार दिउँसाे १ बजे बस्ने गरी निर्धारण गरिएको सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक विशेष कारणवश त्यस दिन नहुने भएको छ ।

बैठक यही पुस २७ गते मङ्गलवार दिउँसाे १ बजे बस्ने गरी पुनः निर्धारण गरिएको संसद् सचिवालयले जनाएको छ ।

राष्ट्रिय सभा नियमावली २०७५ को नियम (६) बमोजिम राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले याे बैठक निर्धारण गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.