राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

पुस २२, २०७८ मा प्रकाशित
Published at 2022-01-06

84 views

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डरी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको भेटमा समसामियक विषय र बढ्दो कोरोना महामारीको विषयमा छलफल भएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

पुस २५ गते भारत भ्रमणमा जाने तयारीमा रहेका प्रधानमन्त्री देउवाले आफू सहभागी हुने कार्यक्रम भाइब्रेन्ट गुजरात समिट स्थगित भएपछि भ्रमण रद्द गरेका छन् । कोरोना महामरीको संक्रमण बढ्न थालेपछि भारतमा उक्त समिट स्थगित गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.