शेयर बजार आज ४३ अङ्कले बढ्यो

पुस २२, २०७८ मा प्रकाशित
Published at 2022-01-06

51 views

काठमाडौँ । शेयर बजार परिसूचक नेप्से आज बिहीवार बढेको छ । लगातार चार दिन बढेर हिजो बुधवार झन्डै ३१ अङ्कले घटेको नेप्से आज ४३ दशमलव २९ अङ्कले बढेर दुई हजार ६ सय ९२ दशमलव ४७ विन्दुमा पुगेको छ ।

आज व्यापार र उत्पादन समूहबाहेक सबै समूहको शेयर बढेको छ । आज निर्जीवन बीमा समूहको शेयर दुई सय ४३ अङ्कले बढेको छ । यस्तै जीवन बीमा, होटल र पर्यटन समूहको शेयर पनि एक सय अङ्कभन्दा धेरैले बढेको छ ।

आज दुई सय ३८ कम्पनीका ७३ लाख ३६ हजार कित्ता शेयर तीन अर्ब ६७ करोड ६८ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै अपी पावर कम्पनीको १६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

आज नेपाल फाइनान्स लिमिटेड, तेह्रथुम पावर कम्पनी र मध्य भोटेकोसी जलविद्युत् कम्पनीको शेयरमा सकरात्मक सर्किट लागेको छ । आज विशाल बजार कम्पनीको शेयर भने दुई प्रतिशतभन्दा धेरैले घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.