एमाले नुवाकोटको सातौ जिल्ला अधिवेशन : बद्री मैनाली र बुद्धि प्रधान प्रतिस्पर्धामा

पुस १९, २०७८ मा प्रकाशित | 640 views

त्रिशूली । नेकपा एमाले नुवाकोटको यही पुस २३ गते हुन लागेको सातौ जिल्ला अधिवेशनमा नेतृत्वको लागी दुई प्यानलबीच प्रतिस्पर्धा हुने देखिएको छ । अहिलेको उपाध्यक्ष रहनुभएका बद्री मैनाली र अहिलेका सचिव रहनुभएका बुद्धि प्रधानबीच अबको अधिवेशनमा अध्यक्ष पदको लागी प्रतिस्पर्धा हुने देखिएको हो ।

यही पुस १७ गतेदेखि सुरु भएर केही वडामा अझै टुङ्गिन बाँकी रहेको वडाबाट प्रतिनिधि छनोटमा दुई प्यानलबीच आफू अनुकुलको व्यक्तिलाई प्रतिनिधि ल्याउन कसरत भएको छ ।
दुवै पक्षले आ–आफू निकट व्यक्तिलाई प्रतिनिधि बनाएर ल्याउन प्रयास गरेसगैँ पाटीमा लामो समय योगदान पुराएका तथा प्रतिनिधिको लागी छानिनुपर्ने असल व्यक्तित्वमा भागबण्डाले पछि परेका छन् ।
नेकपा एमालेको यसअघिको वडा अधिवेशनदेखि पालिका अधिवेशनसम्म सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएपनि जिल्ला अधिवेशनको लागी भने दुई प्यानलबीच प्रतिस्पर्धा हुने देखिएको हो ।


कार्यकर्ताले सर्वम्मतको प्रयासलाई जोड दिएपनि नेतृत्वको लागी दुई समूहले दाबी कायमै राखेपछि अध्यक्षको लागी बद्री मैनाली र बुद्धि प्रधानबीच प्यानल नै बनाएर प्रतिस्पर्धा हुने देखिएको छ । नेकपा एमालेले केन्द्रीय महाधिवेशन सम्पन्न भैसकेको छ भने अब सबै जिल्लाहरुको अधिवेशन यही पुस २३ गते र सातवटै प्रदेशको अधिवेशन आगामी माघ ८ गतेको लागी तोकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web