माओवादीको निर्वाचन तालिका तेस्रो पटक संशोधन, भोलि बिहान ८ बजेदेखि मतदान

पुस १८, २०७८ मा प्रकाशित | 377 views

काठमाडौँ । नेकपा माओवादी केन्द्रको निर्वाचन तालिका फेरि संशोधन भएको छ । सहमतिकै आधारमा नेतृत्वसहितको केन्द्रीय कमिटी घोषणा गर्नका लागि छलफल गरिरहेको माओवादी केन्द्रले आज आइतवार तेस्रो पटक तालिका संशोधन गरेको हो ।

माओवादी केन्द्रले यसअघि हिजाे शनिवार नै चुनाव गर्ने गरी कार्यतालिका सार्वजनिक गरेकोमा संशोधन तालिका सार्वजनिक गरेर आज दिउँसो २ बजेका लागि निर्वाचन तालिका सार्वजनिक गरेको थियो । 

नयाँ तालिकाअनुसार मतदान भने भोलि साेमवार बिहान ८ बजेदेखि तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web