काठमाडौँ । नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि सुरु भएको चुनावी प्रक्रिया आज दिँउसोसम्मको लागी स्थगित भएको छ ।
माओवादी केन्द्रको निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले आज आइतबार दिउँसो १ बजेसम्मका लागि निर्वाचन कार्यक्रम स्थगित गरिएको हो ।
केन्द्रीय सदस्यमा सहमति जुटाउन आयोजकहरुले समय दिनुपर्यो भन्नुभएपछि निर्वाचन कार्यक्रम स्थगित भएको बताइएको छ । आज दिउसो १ बजेसम्म सहमति भएन भने २ बजेबाट आवेदन लिने गरि निर्वाचन कार्यतालिका संशोधन गरिएको छ ।
माओवादी केन्द्रले हिजो बेलुका आठ बजेदेखि राति साढे १० बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गराउने समय तोकेर चुनावी कार्यतालिका सार्वजनिक गरेको थियो । तर सकभर सहमतिमै नेतृत्व टुङ्ग्याउने भन्दै आज दिउँसो एक बजेसम्मको लागि चुनावी कार्यक्रम स्थगित गरिएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभएको हो ।
१५ जना पदाधिकारी र दुई सय ९९ जना केन्द्रीय सदस्यको लागि माओवादीको केन्द्रीय निर्वाचन समितिले चुनावी कार्यक्रम सार्वजनिक गरेको थियो । त्यही अनुसार आज बिहान साढे ११ बजेदेखि मतदानको समय तोकिएको थियो । तर, सहमतिमै नेतृत्व टुङ्ग्याउने भन्दै चुनावी कार्यक्रम स्थगित गरिएको हो ।
20.12¡ÆC