त्रिशूली । बागमति प्रदेश युवा परिषद हेटौडाले लागूपदार्थ दुर्व्यसन तथा विद्युतीय अपराध सम्वन्धि गतिविधिमा संलग्न हुनबाट जोगाउन सचेतनामूलक कार्यक्रम नुवाकोटमा सम्पन्न गरेको छ ।
हिजो शुक्रवार र आज शनिबार गरेर दुई दिनसम्म बट्टारमा चलेको कार्यक्रममा सहभागी भएका युवाहरुलाई लागूपदार्थ दुर्व्यसन जस्तो गम्भीर प्रकृतिको कुलमा फस्नबाट जोगाउन र बढिरहेको इन्टरनेटको पहुँचको कारण हुनसक्ने विद्युतीय अपराधको घटनाबाट आफूपनि सुरक्षित हुन र अरुलाई पनि सुरक्षित बनाउनको लागी सजग गराइएको छ । विशेष गरेर किशोर अवस्था तथा बयस्कको समयमा पुरुषहरु लागूपदार्थ दुर्व्यसनमा फस्ने गरेको पाइएकाले उनीहरु लक्षित गरेर दुई दिने अभिमुखिकरण कार्यक्रम गरिएको हो ।
यसैगरी, युवाहरुले मोबाइलफोन एंव फेसबुक, टिकटक, इमो लगायतका समाजिक सञ्जालको म्यासेज र फोनकल मार्फत किशोरी तथा युवतीहरुलाई विद्युतीय अपराधका घटना गराउने प्रहरीको अनुसन्धानले देखाएकाले त्यसबाट बच्नको लागी सजग गराउन दुई दिने तालिम चलाइएको बागमति प्रदेश युवा परिषद्का सदस्य बसन्त न्यौपानेले जानकारी दिनुभएको छ । उहाँको अनुसार तालिममा सहभागी भएका युवाहरुलाई सम्बन्धित विषयका विज्ञ तथा अनुभवि व्यक्तित्वहरुबाट दुई दिनसम्म विभिन्न नौ वटा कक्षा मार्फत लागूपदार्थ दुर्व्यसन तथा विद्युतीय अपराधको घटनाबाट बच्न र बचाउनको लागी सजग गराइएको हो ।

तालिममा सहभागी भएकाहरुलाई नेकपा एमालेका केन्द्रीय सदस्य एवम् नुवाकोटका इञ्चार्ज बिन्दा ढुङ्गानाले प्रमाणपत्र प्रदान गर्दै तालिम पश्चात समुदायमा हुनसक्ने लागूपदार्थ दुर्व्यसन तथा विद्युतीय अपराधको घटना रोक्नको लागी सहजिकरण गर्न, कही कतै त्यस्ता घटना भएको तथा हुन लागेको सूचना पाएमा त्यसको जानकारी प्रहरी लगायतका नियन्त्रण गर्ने निकायसंगको साझेदारीमा रोक्नको लागी आग्रह गर्नुभएको छ ।
बागमति प्रदेश सरकार अन्तरगत रहेको युवा तथा खेलकुद मन्त्रालयले अहिले नुवाकोट सहितको जिल्लामा युवाहरुलाई सिप प्रबद्धन, लागूपदार्थ दुर्व्यसन तथा विद्युतीय अपराधबाट बच्ने उपाउ, क्षमता बृद्धि, रोजगारको अवसर सिर्जना गर्ने लगायतका कार्यक्रम चलाउदै आइरहेको छ ।
कार्यक्रमसंग सम्बन्धित थप तस्वीरहरु :








16.64¡ÆC