माओवादीमा सहमति जुटाउन ५ बजेसम्मको समय

पुस १७, २०७८ मा प्रकाशित | 421 views

काठमाडौँ । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्र शनिबार अपरान्ह ५ बजेसम्मका लागि स्थगित भएको छ ।

शनिबार बन्दसत्रमा बोल्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समिति र पदाधिकारीमा सहमति जुटाउनका लागि ५ बजेसम्म अध्यक्ष मण्डललाई समय दिने बताएका छन् ।

उनले ५ बजेसम्म सहमति नभए निर्वाचन समितिले प्रक्रिया अगाडि बढाउने बताएका एक नेताले जानकारी दिए । ‘अब आयोजक समितिलाई ५ बजेसम्म सहमति निर्माणका लागि समय दिनुपर्‍यो । सहमति भयो भने ठीक छ, सहमति भएन भने निर्वाचनतिर जानुपर्‍यो भने निर्वाचन समिति आफ्नो विधि विधानअनुसार अगाडि बढ्छ’ प्रचण्डको भनाइ उधृत गर्दै एक नेताले भने ।

यसअघि शनिबार बसेको बन्दसत्रले विधान परिमार्जनसहित पारित गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web