जोन्सन एन्ड जोन्सनको २१ लाख खोप आइपुग्याे

पुस १, २०७८ मा प्रकाशित | 716 views

काठमाडौ । काेराेनाविरूद्धकाे जोन्सन एन्ड जोन्सनको २१ लाख ७६ हजार डाेज खोप नेपाल आइपुगेको छ । जोन्सन एन्ड जोन्सनकाे काेराेनाविरूद्धकाे डोज एक मात्रा लगाए पुग्छ ।

स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले आज बिहान २१ लाख ६७ हजार ६५० डोज खोप आएको जानकारी दिनुभयाे।

थापाका अनुसार खोप युनिसेफमार्फत आइपुगेको हो । यसअघि अमेरिकाले कोभ्याक्समार्फत १५ लाख ३४ हजार ८५० डोज जोन्सन एन्ड जोन्सन खोप नेपाललाई उपलब्ध गराएको थियो।

योसँगै नेपालले जोन्सन एन्ड जोन्सन खोप ३७ लाख ११ हजार पाँच सय डोज प्राप्त गरेको छ। विभिन्न कम्पनीकाे अनुदानसहित अहिलेसम्म नेपालमा तीन करोड ५४ लाख ५९ हजार ३८० डोज खोप आइसकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web