काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले चन्दा नदिएका कारणले प्रचण्डले सेयर बजारलाई ध्वस्त बनाउन लागेको आरोप लगाएका छन्।
केही दिन अघि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले औद्योगिक क्षेत्रमा लगाउनुपर्ने पुँजीको लगानी पुँजी बजारमा हुनु साम्राज्यवादको विकसित रूप भएको टिप्पणी गरेका थिए।
त्यही भनाईप्रति लक्षित गर्दै ओलीले भने-‘कुन सेयर कारोबारीले चन्दा दिएन होला। त्यसो भएदेखि भनेर ठोक दिए उनले। चन्दा नदिने ध्वस्त बनाइदिन्छु भने। नरहे बाँस नबझे बाँसुरी।’ ओलीले सेयर बजारको सम्वन्धमा प्रचण्डले क्रान्तिकारी कुरा गरेको समेत बताए।
ओलीले भने-‘प्रचण्डले सेयर बजारको सम्वन्धमा बढो क्रान्तिकारी कुरा गरेर साम्राज्यवाद विकसित भयो भने सेयर बजारमा पुँजी जान्छ। लेनिनले पुँजीवाद विकसित भयो भने साम्राज्यवाद हुन्छ भनेका थिए। तर उनले दुई स्टेप माथि गएर नयाँ थेसिस दिए।’
ओलीले प्रचण्डको भनाईपछि दुई दिनमै सेयर बजार धरासायी भएको बताउँदै यसले जनताको जीवनमा कस्तो असर पर्छ भन्ने बारेमा प्रचण्डलाई कुनै मतलब नभएको समेत जिकिर गरे। ‘जनताको जीवनमा कस्तो असर गर्छ? लगानीकर्ताको आर्थिक स्थितीमा कस्तो असर गर्छ? अर्थतन्त्रमा कस्तो असर गर्छ केही मतलब छैन,’ ओलीले भने।
17.31¡ÆC