ओमिक्रोन पत्ता लगाउने वैज्ञानिकलाई धम्की, प्रहरीले अनुसन्धान गर्दै

मंसिर २७, २०७८ मा प्रकाशित
Published at 2021-12-13

296 views

एजेन्सी । दक्षिण अफ्रिकी प्रहरीले कोभिड–१९ का अग्रणी अनुसन्धानकर्तालाई दिइएको धम्कीबारे जाँचपड्ताल गरिरहेको छ । यी अनुसन्धानकर्ताले ओमिक्रोनको नयाँ भेरियन्ट पत्ता लगाएका थिए ।

दक्षिण अफ्रिकी प्रहरी सेवाका नेसनल स्पिकर नायडुका अनुसार राष्ट्रपति सिरिल रामफोसा कार्यालयलाई धम्कीपूर्ण पत्र प्राप्त भएको थियो । उक्त पत्रमा प्रोफेसर तुलियो डी ओलिभिएरालगायत अन्य कोभिड–१९ का वैज्ञानिकहरूको नाम उल्लेख थियो ।

नायडुका अनुसार यो घटनाको छानबिन भइरहेको छ । प्रोफेसर ओलिभिएराले ओमिक्रोन पत्ता लगाउने समूहको नेतृत्व गरेका थिए । एक पत्रिकासँग कुरा गर्दै नायडुले भने, ‘एक हप्तापहिले यो विषय हाम्रो संस्थामा आएको थियो । गुनासोकर्ताहरू राष्ट्रिय कोरोना कमान्ड परिषद्का सल्लाहकार भएका कारण पनि यो विषयलाई प्राथमिकतामा राखिएको छ ।’

वैज्ञानिकलाई निशाना बनाइनु निन्दनीय काम : 

राष्ट्रपतिका प्रवक्ता टायरोले सिएलेले पत्रबारे कुनै जानकारी दिएका छैनन् । तर, पत्रमा ‘चेतावनी’ लेखिएको बताएका छन् । प्रोफेसर ओलिभिएरा स्टेलेनबोस युनिभर्सिटीमा कार्यरत भएकाले उनको सुरक्षा बढाएको युनिभर्सिटीले बताएको छ ।

यस्तै, विश्वविद्यालयका प्रवक्ता मार्टिनले वैज्ञानिकलाई निसाना बनाइनु निन्दनीय काम भएको बताएका छन् । स्मरण होस्, ओमिक्रोन भेरियन्ट सबभन्दा पहिले दक्षिण अफ्रिकामा भेटिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Website by Muncha Developers.