त्रिशूली । कोरोना रोगको सक्रमण विरुद्धको लागी नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखाले सञ्चालनमा ल्याएको ‘कोभिड–१९ पूर्वतयारी तथा प्रतिकार्य कार्यक्रम’ प्रभावकारी देखिएको छ । कोरोनाको सक्रमणको जोखिम कम भएको भन्दै साबधानी अपनाउनको लागी भैरहेको लापरबाही र यही समयमा कोरोनाको नयाँ भेरियन्ट समेत देखिएकाले पनि रेडक्रस नुवाकोट मार्फत सञ्चालनमा ल्याइएको ‘कोभिड–१९ पूर्वतयारी तथा प्रतिकार्य कार्यक्रम’ उपयुक्त बनेको हो । कोरोनाको सक्रमण कम भएको भन्दै नागरिकहरुमा यसप्रति साबधानी अपनाउन लापरबाही हुदै गएको र ओमिक्रोन नामक नयाँ भेरियन्ट रोक्न केन्द्रित गरिएकाले पनि कार्यक्रम निकै प्रभावकारी बन्दै आएको कार्यक्रमका प्रोफेसनल भ्योल्युन्टर बिमला अधिकारीले जानकारी दिनुभयो । उहाँको अनुसार तीन महिनाको लागी सञ्चालनमा ल्याइएको उक्त कार्यक्रमले विशेष गरेर नागरिकहरुमा सचेतना जगाउन तथा सक्रमण रोक्नको लागी सक्रिय रहने सम्बन्धि निकायहरुलाई सहयोग पु¥याउने केन्द्रित गरिएको छ ।
ब्रिटिस रेडक्रसको आर्थिक तथा नेपाल रेडक्रस सोसाइटीको समन्वयमा नुवाकोट रेडक्रसले गएको अक्टुबरदेखि सुरु भएर यो डिसेम्बर महिनासम्म सञ्चालन गर्ने कार्यक्रम मार्फत कोरोना रोग रोक्नको लागी सक्रिय रहेका सरोकारवालाहरुसंग बैठक तथा अन्तरक्रिया, रोगबाट बच्न तथा यससंग सम्बन्धित सूचना तथा सन्देशलाई रेडियो, पर्चा तथा माइकिङ लगायतको माध्यमबाट प्रवाह गरिने, कोरोना रोगको रोकथाम तथा रोगबाट बच्न लगाइने खोप अभियानलाई सफल बनाउन स्वंयसेवक परिचालन गर्ने, महिला स्वास्थ्य स्वंयस सेविका र कोरोना रोगको सक्रमितको खोज तलासको लागी खटिने टोलीलाई क्षमता बृद्धि एंव अभिमुखिकरण गर्ने, कोरोना लागेर घरको एकान्तबासमा रहेकालाई स्वास्थ्य सहायता किट उपलब्ध गराउदै आएको छ ।
कार्यक्रमका प्रोफेसनल भ्योल्युन्टर बिमला अधिकारीको अनुसार ‘कोभिड–१९ पूर्वतयारी तथा प्रतिकार्य कार्यक्रम’ मार्फत आइशोलेसन केन्द्रमा स्वास्थ्य तथा सरसफाईका सामाग्रि उपलब्ध गराउने, समुदाय तथा सामुदायिक सेवा प्रवाह गर्ने निकायको लागी आवश्यकताको आधारमा सरसफाईसंग सम्बन्धित सामाग्रिहरु उपलब्ध गराउने लगायतका गतिविधि मार्फत कोरोना रोगबाट बच्नको लागी पूर्व तयारी, रोगको रोकथाम तथा प्रतिकार्यको लागी कार्यक्रम प्रभावकारी बन्दै आएको छ ।
कार्यक्रमसंग सम्बन्धित तस्वीरहरु :













17.31¡ÆC