स्पानिस ला लिगामा बार्सिलोनाको खराब प्रदर्शन

कार्तिक ११, २०७८ मा प्रकाशित | 341 views

काठमाडौँ । स्पानिस ला लिगामा बार्सिलोनाको खराब प्रदर्शन जारी रहेको छ । बुधार राति भएको खेलमा बार्सिलोना रायो भालेकानोसँग १-० ले पराजित भयो ।

खेलमा बार्सिलोनाका मेम्फिस डिपाएले पेनाल्टीमा गोल गर्न चुके ।

भालेकानोका लागि राडेमेल फाल्काओले निर्णायक गोल गरेका थिए । उनले खेलको ३०औं मिनेटमा गोल गर्दै भालेकानोलाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा बार्सिलोनाले बराबरी गोल फर्काउने अवसर पाए पनि सदुपयोग गर्न सकेन । ७२औं मिनेटमा मेम्फिस डिपाएले पेनाल्टीमा गोल गर्न सकेनन् । उनको प्रहार भालेकानोका गोलकिपर स्टोल दिमीत्रेभ्स्कीले बचाएका थिए ।

जितपछि भालेकानोले ११ खेलबाट १९ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ ।

बार्सिलोना भने १० खेलबाट १५ अंकसहित नवौं स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web