सुनको भाउ चार सय रुपैयाँले बढ्यो

सुनको भाउ चार सय रुपैयाँले बढ्यो

काठमाडौँ । सुनको भाउ तोलामा चार सय रुपैयाँले बढेको छ ।

सुन आज तोलामा ९२ हजार १ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति सुनको भाउ तोलामा ९१ हजार ७ सय रुपैयाँ तोकिएको थियो ।

चाँदीको भाउ पनि तोलामा १० रुपैयाँ बढेर तोलाको १२ सय ६० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

TOP