९ सय ६८ जनामा कोरोना पुष्टि

अशोज १९, २०७८ मा प्रकाशित | 408 views

काठमाडौँ । पछिल्लो २४ घण्टामा परीक्षण गरिएका नमुनामध्ये ६ प्रतिशतमा मात्रै कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । १६ हजार ४२ जनाको नमुना परीक्षण गर्दा ६ प्रतिशत अर्थात् नौ सय ६८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज थपिएकासहित नेपालमा काेराेना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ९१ हजार दुई सय २४ पुगेको छ । आज थपिएकासहित नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा सात लाख ९८ हजार सात सय ६६ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९२ हजार चार सय ५८ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

२४ घण्टामा थप एक हजार एक सय १४ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ७१ हजार तीन सय ३८ पुगेको छ ।

यही अवधिमा थप ६ जनासहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार एक सय ८० पुगेको छ ।

अहिले नेपालमा १६ हजार दुई सय ४८ जना सक्रिय सङ्क्रमित रहेकामा तीन सय ३५ जनाको आईसीयू र एक सय २२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

पछिल्लो २४ घण्टामा एक लाख ३२ हजार आठ सय ९६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ६४ लाख नौ हजार एक सय ९६ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । यो कुल जनसङ्ख्याको २९ दशमलव पाँच प्रतिशत हो । यस्तै कुल ३६ दशमलव चार प्रतिशत अर्थात् ७९ लाख १३ हजार पाँच सय ५५ जनाले पहिलो मात्रा खोप लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web