सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढ्यो

अशोज १९, २०७८ मा प्रकाशित | 480 views

काठमाडौँ । सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेको छ ।

केही दिनयता घटेको सुनको भाउ आज भने तोलामा ५ सय रुपैयाँले बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज तोलामा ९० हजार ३ सय रुपैयाँ तोकिएको छ ।

हिजो सुनकाे भाउ ८९ हजार ८ सय रुपैयाँ थियो । चाँदीको भाउ भने आज पनि स्थिर छ ।

तीन दिनदेखि चाँदी तोलामा ११ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web