मौसम खुल्दै , अब ठूलो पानी नपर्ने

अशोज १८, २०७८ मा प्रकाशित | 424 views

काठमाडौँ । अहिले देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ । तर, बिस्तारै मौसम खुल्दै जाने मौसमविद्ले बताएका छन् ।

पूर्ण रुपमा मौसम खुल्न भने अझै एक/दुई दिन लाग्ने मौसमविद् निराजन सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार अब ठूलो पानी पर्ने सम्भावना भने छैन । केही ठाउँमा हिजो ठूलो पानी परे पनि अब नपर्ने उहाँले बताउनुभयो । तर, स्थानीय वायुको प्रभावका कारण बेलुका पख छोटो समयका लागि पानी भने पर्न सक्छ ।

यस्तै, मनसुनको प्रणाली बाहिरिन नसकेकाले देशका केही ठाउँमा आज पनि हल्कादेखि मध्यम खालको पानी पर्ने अनुमान छ । विशेषगरी पहाडी जिल्ला र पहाडसँग जोडिएका केही तराईका जिल्लामा हल्कादेखि मध्यम खालको वर्षा हुने मौसमविद् सापकोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web