एकीकृत अखिल नेपाल शिक्षक संगठनले बेलकोटगढीलाई ६ बुँदे ज्ञापनपत्र बुझायो

अशोज १६, २०७८ मा प्रकाशित | 355 views

एकीकृत अखिल नेपाल शिक्षक संगठनले बेलकोटगढीलाई ६ बुँदे ज्ञापनपत्र बुझायो

बाघखोर । एकीकृत अखिल नेपाल शिक्षक संगठन बेलकोटगढी नगरसमितिले विभिन्न ६ बुँदे माग राख्दै बेलकोटगढी नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ ।

May be an image of 2 people, including Kabita Dhungana and people standing
नेकपा माओवादी केन्द्र समर्थित शिक्षकहरुको छाता सँस्थाको रुपमा रहेको एकीकृत अखिल नेपाल शिक्षक संगठनले शिक्षक दरबन्दी मिलान सम्बन्धि निर्णय प्रक्रियामा पेशागत शिक्षकहरुको समेत प्रतिनिधित्व गराउनदेखि सामुदायिक विद्यालयको शैक्षिक सुधारको लागी नगरपालिकाको कुल बजेटको २० प्रतिशत बजेट शिक्षा क्षेत्रमा सुनिश्चित गर्न मागगर्दै ज्ञापनपत्र बुझाएको एकीकृत अखिल नेपाल शिक्षक संगठनका नुवकोट अध्यक्ष दीपक ढुङ्गानाले जानकारी दिनुभएको छ ।

उहाको अनुसार संगठनले नगरपालिका समक्ष सरकारी कर्मचारीका तलब बृद्धि हुदाँ विद्यालयको कर्मचारीलाई भेदभाव गरेकाले त्यसलाई नगरपालिकाले सम्बोधन गर्नुपर्ने, स्वंयम सेवक शिक्षक खटाउने क्रममा नगरपालिकाले पालिका भित्रको निजी श्रोतमा कार्यरत शिक्षकहरुलाई नै पहिलो प्रथामिकता दिनुपर्ने, कोरोनाकोकारण लामो समयसम्म शैक्षिक गतिविधि प्रभावित भएकाले त्यसको पुर्नउत्थानको लागी तत्कालै नयाँ योजना ल्याउनुपर्ने, संघीय कानूनसंग बाझिने गरेर नगरपालिकाले बनाएको नगर शिक्षा ऐनको तत्कालै संशोधन गर्नुपर्ने लगायतको माग ज्ञापनपत्र राखिएको छ ।


एकीकृत अखिल नेपाल शिक्षक संगठन बेलकोटगढी नगरसमितिको अध्यक्ष किरण पुडासैनीले ज्ञापनपत्र नगर उप्र–प्रमुख कविता ढुङ्गानालाई मागको यथाशक्य सम्बोधन गर्न आग्रह गर्नुभएको छ । ज्ञापनपत्र बुझ्दै नगर उप्रप्रमुख कविता ढुङ्गानाले बजेटमा शिक्षा क्षेत्रलाई प्रथामिकता दिइएको, केन्द्रसंग बाझिने कानून सुधार तथा संशेधन गरिने प्रतिबद्धता जनाउनुभएको छ ।
उहाँले दरबन्दी मिलानको निर्णय मात्रै नभई शिक्षासंग सम्बन्धित विषयको छलफलमा शिक्षकहरुको छाता सस्थाहरुसंग समन्वय, सहजिकरण तथा सुझाब र सल्लाह लिएर मात्रै नगरपालिका अघि बढ्दै आएकाले आगामी दिनमा यसलाई अझै महशुस हुने गरेर अघि बढ्ने बताउनुभएको छ ।

ज्ञापनपत्र बुझाउन आयोजित कार्यक्रममा एकीकृत अखिल नेपाल शिक्षक संगठनका नुवाकोट अध्यक्ष दिपक ढुङ्गाना, नेकपा माओवादी केन्द्रका नेता राजकुमार रेग्मी ‘सन्देश’ बेलकोटगढी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत दिपकप्रसाद खतिवडा लगायतको उपस्थिती रहेको थियो । 

 

May be an image of 4 people, people sitting and indoor

May be an image of 4 people, including Kabita Dhungana, people sitting, people standing and indoor

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web