१ हजार ६६ जनामा कोरोना पुष्टि

अशोज १५, २०७८ मा प्रकाशित | 736 views

काठमाडौँ । पछिल्लो २४ घण्टमा एक हजार ६६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १३ हजार तीन सय ६८ जनाको नमुना परीक्षण गर्दा एक हजार ६६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज थपिएकासहित पीसीआर विधिबाट गरिएको परीक्षणमा सात लाख ९५ हजार नौ सय ५९ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ९१ हजार सात सय २१ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा नौ सय ३८ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ६६ हजार ६ सय ९६ पुगेको छ ।

यही अवधिमा थप १३ जनासहित कोरोना सङ्क्रमणका कारण अहिलेसम्म ११ हजार एक सय ४८ जनाले ज्यान गुमाएका छन् ।

अहिले नेपालमा १८ हजार एक सय १५ जना सक्रिय सङ्क्रमित रहेकामा तीन सय ५४ जनाको आईसीयू र एक सय १६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा दुई लाख १७ हजार तीन सय ९१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । योसहित नेपालमा कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लगाउनेको सङ्ख्या ६३ लाख २८ हजार तीन सय २७ जना र एक मात्रा लगाउनेको सङ्ख्या ७६ लाख ३१ हजार एक सय ८८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web