सुपथ मूल्य पसलमा छुटदेखि अनलाइन डेलिभरीसम्मको सुबिधा

अशोज १३, २०७८ मा प्रकाशित | 400 views

काठमाडौँ । दशैँको अवसर पारेर खाद्य संस्थानले प्रायः हरेक वर्ष सुपथ मूल्य पसल सञ्चालन गर्ने गर्छ । यस वर्ष पनि असोज १ गतेदेखि खाद्य संस्थानले आफ्ना डिपोहरूमार्फत सुपथ मूल्य सञ्चालनमा ल्याएको छ ।

संस्थानले काठमाण्डौ उपत्यकाका थापाथली, रामशाहपथ, नख्खु र सूर्यविनायक गरी चार ठाउँमा डिपो सञ्चालन गरेको छ । लगनखेलमा भने संस्थानले सहकारीमार्फत बिक्री गर्ने गरेको छ ।त्यस्तै खाद्यले ३९ जिल्लाको ४३ बिक्री केन्द्रमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।

खाद्यले नुनमा दुई रुपैयाँ, कर्णालीको सिमीमा १० रुपैयाँ, भटमास तेलमा १० रुपैयाँ तथा अरू सबै सामग्रीमा पाँच रुपैयाँ छुट दिएको छ ।

‘बाहिरभन्दा त सस्तो नै छ । अझ पहिलेको भन्दा सबै चिजमा पाँच रुपैयाँ छुट दिइएको छ’, खाद्य संस्थानको थापाथली डिपोका वरिष्ठ सहायक ललित कुमार यादव भन्नुहुन्छ ।

थापाथली डिपोमा परिणामका हिसाबमा चामल सबैभन्दा धेरै बिक्री भएको तथा अन्य दलहन र तेल धेरै बिक्री हुने गरेको छ ।

चामलपछि दाल बढी बिक्री हुने गरेको छ । थापाथली काउन्टरमा दैनिक डेढ सयदेखि दुई सय ग्राहक पुग्ने गरेका छन् ।

‘अहिले दुई शिफ्टमा बिक्री भइरहेको तथा दैनिक तीन लाखदेखि पाँच लाख रुपैयाँसम्मको बिक्रीको रेकर्ड रहेको छ’, यादवले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web