काठमाडौँ । बढ्दो आयात र रेमिट्यान्समा आएको गिरावटका कारण मुलुकमा शोधनान्तर स्थिति ३८ अर्ब ७५ करोडले घाटामा पुगेको छ ।
नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को साउन महिनाको तथ्यांकअनुसार मुलुकबाट बाहिरिने रकम थप बढेको छ भने भित्रने रकम घटेको छ । २०७७ साउनमा ५१ अर्ब ४६ करोड बचतमा रहेको सोधनान्तर स्थिति अहिले झण्डै ३९ अर्ब रुपैयाँ ऋणात्मकमा पुगेको हो ।
शोधनान्तर स्थिति ऋणात्मक हुनु भनेको मुलुकले आम्दानीभन्दा बढी खर्च गर्नु हो । राष्ट्र बैंकका अनुसार वस्तु तथा सेवा आयात बढ्ने क्रमसँगै रेमिट्यान्स र वैदेशिक अनुदान घटेका कारण चालू खाता घाटामा गएको हो । अन्य महिनाको तुलनामा साउन र भदौमा दशैंतिहार लक्षित आयात बढ्ने भएकाले पनि शोधनान्तर स्थितिमा असर देखिएको जानकारहरु बताउँछन् । ।
राष्ट्र बैंकको अनुसन्धान विभाग प्रमुख तथा कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठ शोधानान्तर घाटा ठूलो रुपमा बढ्दा यसले अर्थतन्त्रमा चुनौती थपेको बताउँछन् । यसले बैंकहरुमा लगानी योग्य रकम अभाव देखिने तथा ब्याजदर महंगो हुने समस्या देखिने उनले बताए ।
15.47¡ÆC