परराष्ट्रमन्त्री खड्का न्यूयोर्क जाँदै

अशोज ६, २०७८ मा प्रकाशित | 730 views

परराष्ट्रमन्त्री खड्का न्यूयोर्क जाँदै

काठमाडौँ । परराष्ट्रमन्त्री डा.नारायण खड्का कार्यभार सम्हाले लगत्तै संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज साँझ न्यूयोर्क जाँदैछन्।

संयुक्त राष्ट्रसंघको ७६औं महासभामा भाग लिन मन्त्री खड्का नेतृत्वको नेपाली प्रतिनिधिमण्डल न्यूयोर्क प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री डा. खड्काको टोलीमा परराष्ट्र सचिव भरतराज पौडेल, उच्च सरकारी अधिकारीहरु र राष्ट्रसंघका लागि नेपालको स्थायी प्रतिनिधि अमित बहादुर राई लगायत रहने मन्त्रालयले जनाएको छ ।

उनले महासभालाई नेपालको तर्फबाट २५ सेप्टेम्बरमा सम्बोधन पनि गर्ने मन्त्रालयले जनाएको छ ।

यसअघि परराष्ट्र मन्त्री नहुँदा राष्ट्रिय र अन्तर्राष्ट्रिय छवि बिग्रिने चिन्ता थियो । साथै संयुक्त राष्ट्रसंघको महासभामा को सहभागी हुने भन्ने पनि अन्यौल थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web