काकाबाट तीन लाख रुपैयाँ लुटेको आरोपमा एक जना पक्राउ

भदौ ३१, २०७८ मा प्रकाशित | 431 views

काठमाडौँ । आफ्नै काकालाई लुटपाट गरेको आरोपमा एक जनालाई प्रहरीले भक्तपुरको लोकन्थलीबाट पक्राउ गरेको छ ।

काकालाई विदेश पठाइदिन सहयोग गर्ने भन्दै लोकन्थलीमा लगेर तीन लाख रुपैयाँ लुटेको आरोपमा बैतडी घर भइ काठमाण्डाै कीर्तिपुर बस्ने २६ वर्षीय लवजित भट्टलाई प्रहरीले पक्राउ गरेको हो ।

लवले नगद लुटेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web