स्वास्थ्य मन्त्रालयमा अब स्वास्थ्य समूहकै सचिव

भदौ २९, २०७८ मा प्रकाशित | 619 views

हेटौडा । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य समूहकै सचिव बनाइने भएको छ । संशोधित दरबन्दी सूचीमा स्वास्थ्य समूहकै सचिव राखिने उल्लेख गरिएको छ ।

प्रशासन समूहमा एघारौं तहकै सचिव हुनुपर्ने व्यवस्था दरबन्दी सूचीमा उल्लेख गरेपछि सरकारी चिकित्सक संघ (गोदान) र नेपाल चिकित्सक संघले चर्को विरोध गरेका थिए ।

नयाँ दरबन्दी सूचीमा बागमती प्रदेशमा उपसचिवमा भने नवौँ र १० औं तहका प्रशासनतर्फका कर्मचारी रहने छन् । यस्तै, गण्डकी प्रदेशमा स्वास्थ्य सेवा तर्फका डा. विनोद विन्दु शर्मा, लुम्बिनीमा डा. विकास देवकोटा सचिवमा नियुक्त भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web