चोरी भएर अमेरिका पुगेको उमामहेश्वरको मूर्ति नेपाल फर्काइयो

भदौ २९, २०७८ मा प्रकाशित | 523 views

काठमाडौँ । नेपालबाट चोरी भएर अमेरिका पुगेको उमामहेश्वरको मूर्ति फिर्ता आएको छ ।

कोलोराडो राज्यको डेनवरमा भएको कार्यक्रममा डेनवर आर्ट म्युजियमका अधिकारीले अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडालाई उमामहेश्वरको मूर्ति हस्तान्तरण गरेको हो।

ललितपुरको पाटनको ऐतिहासिक उमामहेश्वरको मूर्ति डेनवर आर्ट म्युजियममा १९७१ देखि प्रदर्शनमा राखिएको हो ।

राजदूत डा. खतिवडाले सङ्ग्रहालयका अधिकारीहरूलाई नेपालबाट चोरी भएर अमेरिका पुगेको मूर्ति फिर्ता गरेकोमा धन्यवाद व्यक्त गर्नु भयो।

मूर्ति हस्तान्तरण कार्यक्रममा डेनवर आर्ट म्युजियमका अधिकारीहरूसहित नेपाली दूतावासका द्वितीय सचिव उत्तम घिमिरे, तृतीय सचिव राधरमण दुवेलगायतको उपस्थिति थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web