१,६४० जनामा कोरोना संक्रमण

१,६४० जनामा कोरोना संक्रमण

काठमाडौँ । पछिल्लो २४ घण्टामा १ हजार ६४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

९ हजार ७६७ पीसीआर परीक्षण गर्दा १ हजार ३४७ जना र ३ हजार ६८८ एन्टिजेन परीक्षण गर्दा २९३ गरी १ हजार ६४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ भने २ हजार १६१ जना निको भएका छन् ।

प्रतिक्रिया

TOP