नेप्से १ सय ६१ अङ्कले बढ्यो

भदौ २१, २०७८ मा प्रकाशित | 414 views

काठमाडौँ । शेयर बजार कारोबार मापक नेप्से आज सोमवार भने एक सय ६१ भन्दा धेरै अङ्कले बढेको छ ।

नेप्से आज एक सय ६१ दशमलव ९४ अङ्कले बढेर दुई हजार नौ सय ८० दशमलव ७८ विन्दुमा पुगेको छ । आज नेप्से पाँच दशमलव ९४ प्रतिशतले बढ्यो । हिजो आइतवार शेयर बजार एक सय आठ अङ्कले घट्दा दुई सय नौ वटा कम्पनीको शेयर राताम्मे भएको थियो ।

आज सबै समूहको शेयर बढेकोमा ४२ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । आज बैंकिङ समूहको शेयर ७८ अङ्कले, व्यापारको एक सय ३३ अङ्कले, विकास बैंकको पाँच सय तीन अङ्कले र निर्जीवन बीमा समूहको शेयर ६ सय ४३ अङ्कले बढेको छ ।

आज दुई सय २४ वटा कम्पनीको एक करोड ७९ लाख कित्ता शेयर नौ अर्ब ८२ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावरको ४६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web