काठमाडौँ । नेपाल सरकारले आउँदो दशैं सम्ममा ३३ प्रतिशत मानिसलाई कोरोना विरुद्धको खोप लगाइसक्ने जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आउँदो दशैंसम्म ३३ प्रतिशत मानिसलाई पूर्ण खोप लगाइसक्ने योजना रहेको बताउनुभएको छ ।
अहिलेसम्म एक करोड ३३ लाख मात्रा खोप नेपाल आइपुगेको र दशैंसम्म त्यो संख्या दुई करोड पाँच लाख पुर्याउने उहाँले बताउनुभएको छ । राज्यमन्त्री श्रेष्ठले सरकारले चीनसँग खरिद गरेको थप ४४ लाख डोज कोरोना विरुद्धको भेरोसेल खोप एक हप्तादेखि १० दिनभित्र ल्याउने पनि बताउनुभएको छ ।
यस्तै, १८ वर्षमुनिका बालबालिकालाई दिन ४० लाख डोज मोर्डना खोपको पनि टुंगो लागिसकेको र बाँकी ६० लाख डोज फाइजरको खोप ल्याउने प्रक्रिया अघि बढाइएको पनि उहाँले जानकारी दिनुभएको हो ।
19.91¡ÆC