मिर्गौला प्रत्यारोपण गरेर फर्के झलनाथ खनाल

भदौ १४, २०७८ मा प्रकाशित | 436 views

काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनाल मिर्गौला प्रत्यारोपाण गरेर सोमबार स्वदेश फर्किएका छन् ।

भारतको एपोलो अस्पतालमा मिर्गाैला प्रत्यारोपण गराएका खनाल सोमबार अपरान्ह स्वदेश फर्किएका हुन् । खनाल स्वदेश आउने भएपछि नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसहितका नेता तथा कार्यकर्ता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।

गत २ असारमा दिल्लीको एपोलो अस्पताल भर्ना भएर उपचार गराएका खनालको गत २० साउनमा सफलतापूर्वक मिर्गाैला प्रत्यारोपण गरिएको थियो ।

एमाले एकताको सन्देश दिएर उपचारका लागि दिल्ली गएका खनाल समाजवादीका स्थायी कमिटी सदस्य हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web