डाक्टरलाई कालोमोसो दल्ने व्यक्ति पक्राउ

भदौ १४, २०७८ मा प्रकाशित | 434 views

दाङ । दाङको तुलसीपुरमा रहेकोे राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. विनोद सिंहलाई दुर्व्यवहार गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान डा. सिंहलाई दुर्व्यवहार गर्ने मुख्य व्यक्तिलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवम् प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिनुभयो ।

कालोमोसो दल्ने मुख्य व्यक्तिलाई पक्राउ गरिसकेको र घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेकाे एसपी काफ्लेले बताउनुभयो । पक्राउ परेकाको नाम ठेगाना पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरिने उहाँले बताउनुभयो ।

यसैबीच राप्ती प्रादेशिक अस्पतालको आकस्मिक स्वास्थ्य सेवाबाहेक अन्य सेवा आज चौथो दिन पनि ठप्प रहेको छ । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्टमाथि दुर्व्यवहार भएपछि दोषीहरूलाई कानुनी दायरामा नल्याउँदासम्म अस्पतालको सेवा ठप्प पार्ने आन्दोलनरत चिकित्सकको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web