राप्ती प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित

भदौ १३, २०७८ मा प्रकाशित | 382 views

दाङ । तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. विनोद सिंहमाथि भएकाे दुर्व्यवहारको विरोधमा स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन्।

राप्ती अस्पतालका स्वास्थ्यकर्मीहरु आईसीयू सेवा, डायलासिस सेवा, प्रसूति सेवा र इमर्जेन्सी सेवा बाहेकका सेवा ठप्प पारेर आन्दोलित भएका हुन्।

स्वास्थ्यकर्मी माथि हुने दुर्व्यवहार बन्द गर, सुरक्षाको प्रत्याभूति गर, सुरक्षाको ग्यारेन्टी गर, स्वास्थ्य संस्थामा काम गर्ने वातावरण सिर्जना गरलगायतका नारा लगाउँदै उनीहरुले तुलसीपुर बजार परिक्रमा गरेका थिए ।

टाइफाइडका बिरामीको कल्चरको उपचार सेवा नभएको आरोपमा एमाले भातृ सङ्गठन अनेरास्ववियुका दाङ जिल्ला संयाेजक सर्जन परियारको नेतृत्वकाे एक समूहले सिंहलाई कालाेमाेसाे दलेर दुर्व्यवहार गरेको थियो।

नेकपा एमाले दाङले पनि घटनामा संलग्न रहेका स्ववियु दाङका संयोजक परियार र दिवस क्षेत्री पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुर दाङले घटनामा संलग्न युवाहरुको खोजी कार्य तीव्र पारेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web