१८५७ जनामा कोरोना पुष्टि, २७ को मृत्यु

भदौ १२, २०७८ मा प्रकाशित | 461 views

काठमाडौँ । देशभर थप एक हजार आठ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार साँझ सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घन्टामा पिसिआर परीक्षणमा एक हजार पाँच सय १६ र एन्टिजेन परीक्षणमा तीन सय ४१ जनामा संक्रमण देखिएको हो ।

यो अवधिमा नौ हजार चार सय नौजनाको पिसिआर परीक्षण र तीन हजार सात सय ६७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

हाल देशभर ३६ हजार आठ सय ६६ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घन्टामा २७ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुने संक्रमितको संख्या १० हजार ६ सय ९० पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web