मोहना नदीमा बगेर एकजना बेपत्ता

भदौ १२, २०७८ मा प्रकाशित | 316 views

कैलाली । कैलालीको मोहना नदीमा तर्ने क्रममा एकजना बेपत्ता भएका छन् ।

शुक्रबार साझ ६ बजेको समयमा कञ्चनपुरबाट मोहना नदी तरेर फर्किने क्रममा धनगढी उपमहानगरपालिका -३ का पुरन राना बगेर बेपत्ता भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बेपत्ता भएका रानाको खोजी कार्य भइरहेको जानकारी दिए ।

अविरल वर्षापछि आएको बाढीले मोहना नदीमा झण्डै ७ वर्षदेखि निर्माणाधीन अवस्थामा रहेको पुलसँग जोड्ने पहुँच मार्ग बगाएको छ भने स्काइ फोल्डिङ पुलसँग जोड्ने मार्गमा पनि क्षति पुगाएकाले आवतजावत रोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web