आजदेखि बाढी प्रभावितलाई कोरोनाविरुद्धको खोप दिने

भदौ १०, २०७८ मा प्रकाशित | 368 views

सिन्धुपाल्चोक । हेलम्बु–मेलम्ची बाढी प्रभावित १८ वर्षमाथिका २० हजारका लागि कोरोनाविरुद्धको खोप उपलब्ध गरिएको छ । आजदेखि सर्वसाधारणले लगाउन मिल्ने गरी खोप केन्द्रमा पठाइसकिएको वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाइँले जानकारी दिनुभयो ।

सिन्धुपाल्चोकका बाढी प्रभावित पाँचपाेखरी थाङपाल गाउँपालिकाका लागि आठ हजार, मेलम्ची नगरपालिकाका लागि सात हजार र हेलम्बु गाउँपालिकाका लागि पाँच हजार मात्रा दुई हजार भायल खोप स्थानीय तहमा यसअघि तोकिएका खोप केन्द्रमा पठाइसकिएको चापागाइँले बताउनुभयो । बाढी प्रभावितलाई दुई मात्रा लगाउनुपर्ने एस्ट्रोजेनिका सुई लगाउन लागिएको हो । खोप नपुगेमा सम्पर्क गर्न पालिकालाई आग्रह गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web