नुवाकोटमा कोरोना सक्रमित घट्दै

भदौ १०, २०७८ मा प्रकाशित | 522 views

कोलनी । नुवाकोटमा कोरोना सक्रमितको दर पछिल्लो समय निरन्तर घट्दै गएको तथ्याङ्कले देखाएको छ । कोरोना सक्रमित हुने दर घटिरहेको छ भने रोगलाई जित्नेको सङ्ख्या बढेसगैँ सक्रिय सक्रमितको सङ्ख्या ओरालो लागेर अहिले चारसयको हाराहारीमा आइपुगेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
जिल्लामा कोरोनाको सक्रिय सक्रमितको दर साउन महिनाभर लगातार पाचसयको हाराहारीमा स्थिर रहेपनि भदौ लागेपछि क्रमशः घट्ने क्रममा अहिले ४०१ जनामा आइपुगेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तमराज खनालले जानकारी दिनुभयो ।
उहाँको अनुसार पछिल्लो चौविस घण्टामा नुवाकोटमा ३० जना कोरोनाको नयाँ सक्रमित थप हुदाँ यसअघि सक्रमित पुष्टि भएका ५० जना सक्रमणबाट मुक्त भएका छन् ।
कोरोना सक्रमित थप हुनेमा विदुर नगरपालिका भित्र २० जना रहेका छन् भने तादी गाउँपालिकामा तीनजना, म्यागङ र लिखु गाउँपालिकामा २–२ जना थपिएका छन् । यस्तै, बेलकोटगढी नपा सहित ककनी र तारकेश्वर गापामा १–१ जना कोरोनाको नयाँ सक्रमित थपिएका छन् ।
यो सहित नुवाकोटमा हालसम्म कोरोना सक्रमित पुष्टि भएको कुल सङ्ख्या सात हजार ७८४ जना पुगेको छ । पछिल्लो २४ घण्टामा जिल्लाका ५० जना सक्रमित रोगबाट मुक्त भएसँगै हालसम्म रोग जित्नेको सङ्ख्या सात हजार ३३९ जना पुगेका हो ।


जिल्लामा हाल कोरोनाको सक्रिय सक्रमितको सङ्ख्या अघिल्लो दिनको तुलनामा घटेर ४०१ जनामा आइपुगेको छ । सक्रमित भएकामध्ये अबस्था गम्भीर देखिएका २६ जनालाई त्रिशूली अस्पतालमा उपचारको लागी भर्ना गरिएको छ भने सामान्य अबस्थाका १० जना स्थानीयतहले बनाएको आइशोलेसन केन्द्रमा बसिरहेका छन् ।
कोरोना सक्रमित भएपनि स्वास्थ्य अबस्था सामान्य भएका ३३८ जनालाई स्वास्थ्यकर्मीको निगरानीमा उनीहरुकै घरको एकान्तबाँसमा राखिएको छ । हालसम्म नुवाकोटमा कोरोनाको कारण निधन हुनेको सङ्ख्या पहिलो लहरमा एक जना र दोश्रो लहरमा ४३ जना गरेर कुल ४४ जना रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web