रक्तसञ्चार केन्द्रलाई फ्रिज हस्तान्तरण

भदौ २, २०७८ मा प्रकाशित | 571 views

पर्सा । वीरगञ्ज महानगरपालिकाले नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्तसञ्चार केन्द्र पर्सालाई फ्रिज हस्तान्तरण गरेको छ ।

महानगर प्रमुख बिजयकुमार सरावगीले नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति वीरेन्द्रराज कँडेललाई फ्रिज हस्तान्तरण गरेका हुन् । ३ सय ५० युनिट रगत भण्डारण क्षमता भएको फ्रिज ४ लाख ७५ हजार रुपैयाँमा खरिद गरिएको महानगरले जनाएको छ ।

रक्त सञ्चार केन्द्रमा रहेका सामान्य फ्रिजमा रगत भण्डारण गर्दा रगत डल्लो परेर खेर जाने समस्या देखिँदै आएको थियो । सभापति कँडेलकाअनुसार वार्षिक ४/५ सय युनिट रगत डल्लो परेर खेर जाने गरेको छ ।

‘ब्लड भण्डारणका लागि भनेर नै बनाइएको फ्रिज हामीसँग दुईवटा छ, तर बढी रगत संकलन हुँदा सामान्य फ्रिजमा राख्नुपर्ने अवस्था थियो । महंगो भएकोले खरिद गर्न पनि सकिरहेका थिएनौं’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web