तत्काल अनशन नबस्न डा.गोविन्द केसी सहमत, यस्तो छ मुख्य कारण

भदौ १, २०७८ मा प्रकाशित | 374 views

काठमाडौ । चिकित्सा शिक्षा सुधारका लागि संघर्षरत डा. गोविन्द केसी अनशन स्थगित गर्न सहमत भएका छन् । डा. केसीले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई पदमुक्त गर्नुपर्नेसहित पाँचबुँदे राख्दै ३ भदौदेखि आमरण अनशन बस्ने चेतावनी दिएका थिए । उनी अनशन बस्न मंगलबार बर्दिबास जाने तयारीमा थिए । तर, मंगलबार नै प्रधानमन्त्री शेरबहादुर देउवाले वार्तामा बोलाएर पाँचबुँदे प्रतिवद्धता जनाएका छन् ।

उनले स्वास्थ्य राज्यमन्त्रीबारे उपयुक्त समयमा सम्बोधन गर्ने र सार्वजनिक पदहरुमा नियुक्ति गर्दा हुने स्वार्थको द्वन्द्व रोक्न कानून बनाउने प्रतिवद्धता जनाएका छन् । स्रोतका अनुसार प्रधानमन्त्री देउवाले राजमन्त्री नियुक्तिमा त्रुटि भएको स्वीकार गरेका छन् र मन्त्रिपरिषद् विस्तार गर्दा सम्बोधन गर्ने वचन दिएका छन् ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका विषयमा भएको सम्झौता कार्यावयन गर्ने, पदाधिकारी नियुक्तिको मापदण्ड निर्धारण गर्न बनेको कार्यदलहरुको प्रतिवेदनलाई कानूनी रुप दिने प्रक्रिया मन्त्रिपरिषद् विस्तारपछि अघि बढाउन पनि देउवा सहमत भएका छन् । त्यस्तै प्रत्येक प्रदेशमा कम्तीमा एउटा मेडिकल कलेज पुर्‍याउन निर्माण कार्यलाई तीव्रता दिने प्रतिवद्धता पनि देउवाले जनाएका छन् ।

चिकित्सा शिक्षा ऐनमा संशोधन लगायतका सहमति कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएकाले सत्याग्रहको कार्यक्रम स्थगित गरिएको डा. केसीले बताएका छन् ।

तत्काल अनशन नबस्न डा।गोविन्द केसी सहमत, यस्तो छ मुख्य कार.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web