पछिल्लो २४ घण्टामा दुई हजार दुई सय १२ जनामा कोरोना पुष्टि

साउन ३१, २०७८ मा प्रकाशित | 491 views

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर दुई हजार दुई सय १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आठ हजार ८८ जनाको पीसीआर र चार हजार १८ जनाको एन्टिजेन गरी १२ हजार एक सय ६ जनाको नमुना परीक्षण गर्दा दुई हजार दुई सय १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा कुल परीक्षणको १८ दशमलव २७ प्रतिशतमा सङ्क्रमण पुष्टि भएकाे हाे । आज थपिएकासहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख सात हजार चार सय दुई पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक हजार आठ ६७ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ८२ हजार ६ सय ८२ पुगेकाे छ ।

यही अवधिमा थप ३३ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । योसहित कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार दुई सय ९२ जना पुगेको छ ।

अहिले नेपालमा ३९ हजार दुई सय ९८ जना सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमितमध्ये सात सय ५८ जनाको आईसीयू र एक सय ९३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web