सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढ्यो

साउन २९, २०७८ मा प्रकाशित | 458 views

काठमाडौँ । केही दिनअघि लगातारजसो घटेको सुनको भाउ आज फेरि बढेको छ ।

आज तोलामा ३ सय रुपैयाँले बढेर सुनको भाउ ८९ हजार ७ सय रुपैयाँमा पुगेको छ । अन्तर्राष्ट्रिय बजार अस्थिर भएकाले सुनको भाउ बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो । उहाँका अनुसार भाउ बढ्नुमा अस्थिर बजार नै मुख्य कारण हो ।

बजार अस्थिर भइरहेकाले अब भाउ घट्ने या बढ्ने यसै भन्न नसकिने उहाँको भनाइ छ । आज चाँदीको भाउ भने थोरैले घटेको छ । तोलामा ५ रुपैयाँले घटेर चाँदी ११ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web