मास्क नलगाई हिंड्नेलाई जरिवाना

साउन २८, २०७८ मा प्रकाशित | 459 views

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सर्वसाधारणले मास्क लगाए नलगाएकोबारे विभिन्न स्थानमा अनुगमन गरेको छ । त्यसक्रममा मास्क नलगाई हिंडेकाहरुलाई जरिवाना समेत गराइएको छ ।

बिहीबार काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी नेतृत्वको अनुगमन टोलीले माइतीघर, कालीमाटी, कलंकी लगायतका स्थानमा अनुगमन गरेको हो ।

सहायक प्रजिअ अधिकारी नेतृत्वको टोलीले पसल, सार्वजनिक यातायात, फुटपाथमा सर्वसाधारणहरुले मास्क लगाए नलगाएकोबारे निरीक्षण गरेको थियो । त्यसक्रममा मास्क नलगाई हिंडिरहेका र पसल व्यवसाय गरिरहेकाहरुलाई सय रुपैयाँ जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यस्तै सही तरीकाले मास्क नलगाउनेलाई सचेत गराइएको प्रशासनले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web