तरल अक्सिजन उद्योगलाई सहुलियत

साउन २७, २०७८ मा प्रकाशित | 406 views

काठमाडौँ । अक्सिजन उद्योगहरुलाई सहुलियत दिन सरकारले बजेटमार्फत घोषणा गरेको सुविधाहरु कार्यन्वनयमा आएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै तरल (लिक्विड) अक्सिजन ग्यास उत्पादन गर्ने उद्योगलाई दिइने सहुलियत कार्यन्वयनमा ल्याएको हो ।

पीएएस प्रविधिमा आधारित अक्सिजन उद्योग पनि तरल अक्सिजन उत्पादनमा गए यो सुविधा पाउन सक्ने व्यवस्था गरिएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना राजपत्रमा प्रकाशित गर्दै तरल अक्सिजन उत्पादन गर्ने उद्योगलाई एक प्रतिशत ब्याजको विशेष पुनर्कर्जा, पाँच वर्षसम्म विद्युत डिमाण्ड शुल्कमा छुट तथा उद्योगको पूर्वाधारमा विकासमा ७५ प्रतिशत अनुदान दिने भएको हो ।

राजपत्रमा प्रकाशित सूचनाअनुसार अक्सिजन उद्योगका लागि निर्माण हुने सडक, खानेपानी, ढल र विद्युतीय पूर्वाधारको ७५ प्रतिशत खर्च सरकारले ब्यहोर्ने छ । यस्तै उद्योग स्थापना भएको तीन वर्षसम्म आवश्यक मेसिनरी उपकरण आयातमा लाग्ने भन्सार, अन्तःशुल्क र भ्याट छुट यस्ता उद्योगले छुट पाउनेछन् ।

बिद्युत महसुलमा पनि अक्सिजन उद्योगलाई छुटको घोषणा गरिएको छ । पाँच वर्षसम्म २ मेगावाटसम्म प्रयोग गरे बिजुली महसुलमा ४० प्रतिशत र २ मेगावाटभन्दा बढी खपत गरे ५० प्रतिशत महसुल छुट गराइने राजपत्रमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web