थप ३६५१ जनामा कोरोना पुष्टी‚ १७८४ जना संक्रमणमुक्त

साउन २५, २०७८ मा प्रकाशित | 542 views

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३६५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको १० हजार ४४५ पीसीआर परीक्षणका क्रममा २६०९ र ६१४९ एन्टीजेन परीक्षणका क्रममा १०४२ जना गरी ३६५१ जनामा कोरोना पुष्टी भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख १७ हजार ४८२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १७८४ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ६ लाख ७१ हजार ८३ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या ३६ हजार २८८ रहेको छ ।

पछिल्लो २४ घण्टामा २२ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या १० हजार ११५ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web