चितवनमा ३२ गतेसम्म निषेधाज्ञा

साउन २५, २०७८ मा प्रकाशित | 328 views

चितवन । जिल्ला प्रशासन कार्यालयले चितवनले वैशाख १५ गतेदेखि जारी निषेधाज्ञालाई साउन ३२ गतेसम्म निरन्तरता दिएको छ ।

जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै साउन ३२ गते राति १२ बजेसम्मलाई निषेधाज्ञालाई निरन्तरता दिइएको जानकारी दिएको हो । निषेधाज्ञा जिल्लाभर लागू हुने छ ।

जिल्लामा कोरोना संक्रमणको जोखिम अझैसम्म पनि उच्च रहेको, डेल्टा भेरिएन्टसमेत पुष्टि भइसकेको र संक्रमण दर निरन्तर बढ्दै गएकाले निषेधाज्ञालाई निरन्तरता दिइएको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web