मास्क लगाउन अटेर गर्नेलाई सय रुपैयाँ जरिवाना

साउन २४, २०७८ मा प्रकाशित | 352 views

सुर्खेत । सुर्खेतमा कोरोना संक्रमणको जोखिम बढेपछि मास्क लगाउन अनिवार्य गरे पनि सर्वसाधारणले अटेर गर्दा एक सय रुपियाँ जरिवाना लगाइएको छ । आइतबार बजार अनुगमनका क्रममा मास्क लगाउन अटेर गर्नेलाई सय रुपियाँ जरिवाना गराइएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।

जिल्लामा प्रजिअको नेतृत्वमा करीब एक सातासम्म मास्क लगाउन आग्रह गर्दै जनचेतना कार्यक्रम थालिएको थियो । ‘एक सातादेखि सचेतनामूलक कार्यक्रम गर्‍यौं तर पनि नागरिकले अटेरी गरेपछि सचेतनासँगै दण्डको व्यवस्था गरेका छौं,’ प्रजिअ रिजालले भने, ‘अब मास्क नलगाई बजारमा हिंड्नेलाई अन द स्पट जरिवाना हुन्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web