खोलाले बगाएर बालकको मृत्य

साउन २४, २०७८ मा प्रकाशित | 277 views

सल्यान । सल्यानमा खहरे खोलाले बगाउँदा एक बालकको ज्यान गएकाे छ ।

खाेलाले बगाउँदा सल्यानकाे छत्रेश्वरी गाउँपालिका-४ झिम्पे जारढुङ्गाका १२ वर्षीय बालक ओमकार वलीको ज्यान गएको हो । खोलाले बगाउँदा बालककी ३२ वर्षीया आमा दिलसरा वली घाइते हुनुभएको छ ।

शनिवार बेलुका गोठालोबाट घर फर्किँदै गर्दा गोगनपानीमा चोरपाटा खोलाले आमा र छोरा दुवै जनालाई बगाएको थियो ।

३० मिटर तलसम्म बगेर आमा बच्न सफल हुनुभएकाे थियाे । ओमकारकाे शव ४ सय मिटर तल भेटिएको छत्रेश्वरी गाउँपालिका-४ का वडाअध्यक्ष नेवबहादुर खड्काले बताउनुभयो ।

दिलसराको स्थानीय अस्पतालमा उपचार भइरहेकाे प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web