कालीकोटमा निषेधाज्ञाको अवधि १० दिन लम्बियो

साउन २४, २०७८ मा प्रकाशित | 244 views

कालीकोट । कालीकोटमा जारी निषेधाज्ञाकाे अवधि १० दिन लम्बिएकाे छ ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी देवीन्द्रप्रसाद श्रेष्ठले जिल्लाभरि भदौ १ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार निषेधाज्ञाको नियममा भने कुनै परिवर्तन भएको छैन । कोरोना महामारीको दोस्रो लहरसँगै लागू गरिएको निषेधाज्ञा पटकपटक थप गर्दै यही साउन २२ गते राति १२ बजेसम्म कायम रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web